–मीन बोलखे (अमेरिका, कोलोराडो) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका कोलोराडो च्याप्टरको लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराएको छ ।
कोलोराडो निवासी एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर निमा शेर्पाको समन्वयमा उक्त लोगो प्रशिद्ध पर्वतारोही पेम्बा रिता शेर्पाले सगरमाथाको चुचुरोमा फहराउनु भएको हो ।
पेम्बा रिताले आफूहरुको संस्थाको लोगो सगरमाथा शिखरमा फहराउन सफल हुनु भएकोमा उहाँप्रति हार्दिक आभार प्रकट गर्दै गौरबको महशुस गरेको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो ।
साथै नेपालीहरु जो जहाँ भए पनि सधैँ नेपाल र नेपाली हुनु प्रति गौरब हुने उल्लेख गर्दै शेर्पा समुदायले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिंदै आएको कोलोराडो च्याप्टरका अध्यक्ष पौडेलले प्रतिक्रिया दिनु भयो ।
पर्वतारोही पेम्बा रिताले गत १९ मे २०२४ का दिन बिहान ६ः४५ बजे १४औं पटक सगरमाथाको सफल आरोहण गर्नु भएको हो । उहाँले ३ वटा तिब्बत र ११ पटक नेपालतर्फबाट सगरमाथाको आरोहण गर्नु भएको हो ।
त्यस्तै उहाँले २ पटक केटु, ५ पटक मनास्लु, २ पटक च्यो यू, १ पटक शिशापाङ्मा, ३ पटक आमा दब्लम, २ पटक हिम्लुङ र १५ पटक मुजकता (चीन) हिमालको सफल आरोहण गरिसक्नु भएको छ ।
उहाँ दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ९ रोलवालिङका वासिन्दा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्