नेपाल । टी-२० विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरे पछि यसबारेमा नेपाल क्रिकेट संघ (क्यान) ले सरकारका जिम्मेवार व्यक्तिहरुलाई जानकारी गराएको छ ।
सरकारले पहल गरी उक्त प्रतियोगितामा खेल्न जाने बाताबरण मिलाउनु पर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।
बलात्कारको मुद्दामा जिल्ला अदालतबाट दोषी ठहरिउका लामिछानेले उच्च अदालत पाटनबाट केही दिनअघिमात्रै सफाई पाएका थिए ।
उक्त मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्ने बाटो खुले पनि बुधबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो । क्रिकेटको अन्तराष्ट्रिय संस्था आईसीसीले भने लामिछानेलाई उक्त प्रतियोगिता खेल्न दिन स्वीकृति प्रदान गरेको थियो ।
आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा ट्वान्टी–२० विश्वकप खेल हुँदैछ । प्रतियोगिताको लाग यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्