३ माघ २०८१, बिहीबार

राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

कोलोराडोखबर संवाददाता , May 23rd, 2024

नेपाल । भारतमा जारी आईपीएलमा बुधबारको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै रोयल च्यालेनजर्स बैंग्लौर (आरसीबी) लिगबाट बाहिरिएको छ ।

आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल(क्याडमोरले २० रन बनाए ।

टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ । यसअघि हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्