१२ आश्विन २०८१, शनिबार

अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा

कोलोराडोखबर संवाददाता , May 23rd, 2024

अमेरिका (बोस्टन) अमेरिकाको बोस्टन सहरमा हुनगइरहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

साधारण सभालाई भव्यताकासाथ सफल बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारीहरु अन्तिम चरणमा पुगेको नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जनाएका छन् ।

उक्त साधारण सभा यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार) मा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा हुनगइरहेको छ । कार्यक्रम तालिका असार मे २५ तारिख शनिवार साँझ ५ बजे साधाण सभाको उद्घान गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

तयारीका सम्बन्धमा जानकारी दिदै संयोजक बस्नेतले भने, ‘साधारण सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । साधारण सभालाई सक्दो उपलब्धिमूलक बनाउनका लागि उपलब्ध साधान, श्रोत र क्षमताले भ्याएसम्म आवश्यक पर्ने तयारीमा कुनै कसर बाँकी राखिने छैन ।’ उनले थपे, ‘यो संस्थाको महत्वपूर्ण उत्सवको क्षण हो। यसलाई हामीले सोही मुताबिक मनाउने गरी तयारी गरेका छौं । आशा छ कि हामी यसमा सफल हुनेछौं । र, साधारण सभाले भावी यात्राका लागि सही र ठोस मार्ग निर्देश गर्ने नै छ।’

साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतका अनुसार वासस्थान, कार्यक्रम स्थल, भोजन र यातायातको व्यवस्थापकीय कार्य पुरा भैसकेको छ । कार्यक्रमका लागि चाहिने व्यानरहरु तयार भैसकेका छन् भने, ‘आवश्यक मसलन्दहरुको पनि व्यवस्था गरिसकिएको छ । त्यसैगरी प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्यज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य पनि सम्पन्न भैसकेको छ ।’

साधारण सभामा प्रस्तुत हुने प्रतिवेदनहरु तयार भैसकेको र संस्थाले हरेक साधारण सभाको अवसर पारेर प्रकाशित गर्ने स्मारिक ‘प्रयास’ पनि प्रकाशनको अन्तिम चरणमा रहेको संयोजक बस्नेतले जानकारी दि ए। उनले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, नेजा परिवार र स्थानीय नेपाली समुदाय आतुर रहेको जनाउँदै तयारीका क्रममा प्रत्याक्षपरोक्ष साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

सन् २००७ मा विधिवत् स्थापना भइ यो निरन्तर क्रियाशील हुँदै आइरहेको संस्थाको विधान अनुसार नेजाले हरेक वर्ष साधारण सभा र प्रत्यक दुई वर्षमा अधिवेशन गर्दै आइरहेको छ । जस अनुसार, गत वर्ष मे २० र २१ मा टेक्सासको ह्युस्टन सहरमा सम्पन्न आठौं अधिवेशन तथा १६औं साधारण सभाले सुरज भण्डारीको नेतृत्वमा दुई वर्षीय कार्यकाल (२०२३–२०२५)का लागि नयाँ कार्यसमिति चयन गरेको थियो । सोही कार्यसमितिको बोस्टनमा हुन गइरहेको १७औं साधारण सभा प्रथम वार्षिक उत्सव हो ।

प्रतिक्रिया दिनुहोस्