अमेरिका । जय नेपाल इन्टरनेशनल फाउनडेशनले मे २४ तारिखमा ‘आर्थिक अवस्था र भावी बजेट’ सम्बन्धी वेबिनार आयोजना गर्ने भएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल र रोवान बिश्वबिद्यालयलका सहप्राध्यापक डा. कुल काप्रीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपालमा आगामी आर्थिक वर्षको बजेट तयार गर्ने क्रम भइरहेको सम्बन्धमा नेपालको आर्थिक अवस्था र भावी बजेट के कस्तो हुनु पर्दछ भन्ने सम्बन्धमा वेबिनार आयोजना गर्न लागेको ग्लोबल नलेज नेटवर्कका संयोजक डा. नीरज श्रेष्ठले बताए ।
कार्यक्रममा आर्थिक विज्ञद्वारा पेपर प्रस्तुत गर्ने र सो पश्चात सामूहिक छलफल गर्न लागिएको फाउनडेशनका अध्यक्ष डा. यादव पण्डितले बताए ।
प्रतिक्रिया दिनुहोस्