एजेन्सीहरु । भारतलाई ६ विकेटले पराजीत गर्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ ।
आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा अस्ट्रेलिया च्याम्पियन बनेको हो ।
भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गरेको हो ।
यो अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भएको छ । भारतको तेस्रो पटक उपाधि जित्ने लक्ष्य भने पूरा हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्