३ माघ २०८१, बिहीबार

रोयल च्यालेनजर्स बेंग्लौरद्वारा चेन्नाई सुपर किंग्स पराजीत

कोलोराडोखबर संवाददाता , May 19th, 2024

नेपाल । भारतमा जारी आईपीएलको शनिबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सलाई पराजीत गर्दै रोयल च्यालेनजर्स बेंग्लौर (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई माथि २७ रनको जीत दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो ।

आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो ।

राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ ।

आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट राइडर्स र दोस्रो स्थानमा रहने टोली भिड्ने छन् ।

मंगलबार एलिमिनेटरमा आरसीबी र तेस्रो स्थानमा रहने टोली भिड्ने छन् । सो खेलको विजेताले क्वालिफायर १ मा हार बेहोर्ने टोलीविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्