१० मंसिर २०८१, सोमबार

गजलः खुशी रोप्ने आफूभित्र फुलाउने आफैंले हो

कोलोराडोखबर संवाददाता , May 18th, 2024

–ज्ञानेन्द्र गदाल–
***
खुशी रोप्ने आफूभित्र, फुलाउने आफैंले हो ।
हजारतिर डुल्छ मन, नडुलाउने आफैंले हो ।

सबैभन्दा पहिले त, आफुलाई नै माया गर्नु
सन्तुष्टिका लागि यो मन, भुलाउने आफैंले हो ।

बगैंचामा झ्याङ्गिएका, थरीथरी बिरुवा छन्
गोडमेल गरि लटरम्म, झुलाउने आफैंले हो ।

यत्रतत्र खडा हुन्छन्, चुनौतीका पहाडहरु
बन्द ढोका जिन्दगीको, खुलाउने आफैंले हो ।

कसैसित अपेक्षाको, झोली थाप्नु बेकार छ
आफैं भित्र रमाएर, चुल्बुलाउने आफैंले हो ।
***
कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्