१२ आश्विन २०८१, शनिबार

स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली प्रहार

कोलोराडोखबर संवाददाता , May 16th, 2024

नेपाल (एजेन्सी) । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गम्भीर अवस्थामा उनको उपचार भइरहेको विवरणहरूमा जनाइएको छ। हमलालाई कतिपयले हत्या प्रयास भनिरहेका छन्।

ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको थियो ।

विवरणहरूमा जनाइएअनुसार उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक भएको थियो ।

सुरक्षाकर्मीहरूले फीट्सोलाई नजिकै रहेको एउटा कारभित्र लग्नुअघि थुप्रै राउन्ड गोली चलेका आवाज सुनिएको थियो ।

घटनामा घाइते भएका प्रधानमन्त्रीलाई अस्पताल पुर्‍याइएको छ भने आरोपित हमलाकारीलाई प्रहरीले पक्राउ गरेका छन् । (–बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस्