३ माघ २०८१, बिहीबार

राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजीत

कोलोराडोखबर संवाददाता , May 16th, 2024

नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबारको खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजीत भएको छ।

गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।

आईपीएलमा बिहीबार सनराईजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्