९ मंसिर २०८१, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

कोलोराडोखबर संवाददाता , May 15th, 2024

नेपाल । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।

५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।

नीति कार्यक्रमपछि सत्तापक्षले प्रधानमन्त्रीको केही गरौँ भन्ने हुटहुटी नीति तथा कार्यक्रममा सम्बोधन भएको प्रतिक्रिया दिएको छ भने नीति तथा कार्यक्रम पूरानै ढर्राको आएको र यसमा यो, छलफल गर्नुको कुनै अर्थ नरहेको नेपाली कांग्रेसका नेता पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्