नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल)को मंगलबारको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई १९ रनले पराजित गरेको छ ।
२०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए पनि हार टार्न सकेनन् ।
पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे ।
दिल्लीले लिग चरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ ।
यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ ।
प्रतिक्रिया दिनुहोस्