मीन बोलखे (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्ने सिकाउने उद्देश्यसहित यसवर्ष पनि जून १ तारिखबाट कक्षा सञ्चालन हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नेतृत्वमा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), एनआरएनए कोलोराडो, नेपाली घर र रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाली संस्थाको सहयोग र समन्वयमा नेपाली भाषा पाठशाला सञ्चालन हुने गरेको छ ।
हरेक शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म कोलोराडाको वेष्टमिनस्टर स्थित नेपाली घर र अरोराको स्मोकी हिल चर्चमा नेपाली भाषा पाठशाला सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले बताउनु भयो ।
यो गर्मीको बिदामा आफ्ना बालबालिकालाई नेपाल भाषा पाठशालामा भर्ना गराउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्