१० मंसिर २०८१, सोमबार

भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श

कोलोराडोखबर संवाददाता , May 12th, 2024

नेपाल (हेटौंडा) । पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यासमाथि हेटौँडामा विमर्श गरिएको छ । १० वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिमाथि देवराज तिवारी र सुन्दर दाहालले समीक्षा गर्नु भएको हो ।

जनयुद्धको उद्गमस्थल रोल्पालाई आधार सोही विषयवस्तुमा केन्द्रित भइ लेखिएको यस पुस्तक उहाँको दोस्रो पुस्तक हो । ‘रुमानी साँझ (२०७४)’ कथा सङ्ग्रहबाट कृतिगत सुरूवात गर्नु भएका बोखिमको दोस्रो कृति ‘गोधूलि गीत’ कलम प्रकाशनले प्रकाशन गरेको हो भने यसको मूल्य ६९५ रहेको छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्य र साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्