अमेरिका । दशैं र तिहार जस्ता पर्वको उपलक्षमा ‘जय नेपाल फाउन्डेसन’ ले गत आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष डा. यादव पण्डितको सभापतित्वमा अनलाइन माध्यम जुमबाट आयोजित कार्यक्रममा एसिया, अस्ट्रेलिया, युरोप, अमेरिका महादेशका विभिन्न देशबाट आमन्त्रितहरू सहभागी रहेका थिए ।
महान चाड दशैं र तिहारले नेपाल र विश्वभर छरिएर रहनु भएका नेपालीहरूमा शुख शान्ति, सम्बृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिएको अध्यक्ष यादवले बताउनु भयो ।
सो अवसरमा अध्यक्ष डा. पण्डितले नेपालीहरुको उपस्थिति रहेका सबै देशमा फाउन्डेसनको शाखा बिस्तार गरिने बताउँदै गत अक्टोबरबाट सम्पर्क कार्यालय नेपालको काठमाडौंमा स्थापना गरिएको जानकारी दिनु भयो ।
प्रजातान्त्रिक विचार र सामाजिक भावना भएका व्यक्तिहरू एउटा साझा चौतारीमा बसेर विभिन्न मुद्धाहरुमा बिचार मन्थन, प्राज्ञिक छलफल र योजनाहरूमा ठोस काम गर्ने फाउन्डेसनको उद्देश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्