८ मंसिर २०८१, शनिबार

नेपाली सांस्कृतिक केन्द्र कोलोराडोमा हनुमान चालिसा भजन कृतन कार्यक्रम सम्पन्न

कोलोराडोखबर संवाददाता , May 7th, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बिगत लामो समय देखी कोलोराडोमा प्रशिद्द हनुमान चालिसा भजन कृतन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली घरको आयोजना तथा हनुमान चालिसा भजन कृतन समूह( Chanting Lead by: Sabina & Ajaya Pradhan ) को सहयोगमा मे ५ आइतबार दिउँसो ठीक ३ बजेदेखी ५ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा कार्यक्रम सम्पन्न भएको हो ।

तेत्तीस कोटी देवी देवतामा बिश्वास गर्ने नेपाली सांस्कृतिक परम्परा अनुसार सबै देवी देवताहरुको आआफ्नै बिशेषता र महत्व रहेको छ । सोही अनुसार कोलोराडोमा बिगत लामो समयदेखि निरन्तर रुपमा हरेक महिना हनुमान चालिमा भजन कृतन कार्यक्रम संञ्चालन हुँदै आएको छ ।

हरेक महिना आयोजना हुने कोलोराडो कै प्रशिद्ध धार्मिक कार्यक्रम यसपटक नेपाली भाषीहरुको आस्थाको केन्द्र नेपाली घरमा आयोजना भएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

नेपाली समुदायको आफ्नै घर नेपाली सांस्कृतिक केन्द्रमा संचालित कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न कोलोराडो स्थित धार्मिक समूहका प्रतिनिधि, संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबाआमा, दाजुभाई, दिदी बहिनी सबै उमेर समूहका महानुभावहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

पवनपुत्र हनुमानको भजन कृतन पछि सहभागीहरू प्रसाद गहण गर्दै बिदा भएका थिए । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकाले कार्यक्रममा उपस्थित भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्