९ मंसिर २०८१, आईतवार

अप्रिल महिनामा नौ हजार नौ सय ४७ जना अमेरिकी नेपाल घुम्न गए

कोलोराडोखबर संवाददाता , May 3rd, 2024

अमेरिका (कोलोराडो) । अप्रिल महिनामा अमेरिकाबाट नौ हजार नौ सय ४७ जना अमेरिकीहरु नेपाल घुम्न गएका छन् ।

नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् ।

साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।

सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् ।

बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्