नेपाल । बिहीबार दिउँसो अचानक डाउन भएको नेपालको इन्टरनेट सेवा रातिबाट सुचारु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट सेवा सुचारु हुन थालेको हो ।
रकम भुक्तानी नहुने भएपछि भारतको एअरटेलले इन्टरनेट ब्याण्डविथ काटेको र नेपालमा इन्टरनेट सेवाप्रदायकबाट प्राप्त सेवा ठप्प भएको केही कम्पनीले दावी गरेका थिए ।
मन्त्रालयले उक्त समाचारको विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो । त्यसपछि इन्टरनेट सेवाप्रदायक कम्पनीले इन्टरनेट रिस्टोर भएको जानकारी गराए । इन्टरनेट डाउन भएपछि सरकारको सामाजिक संजालमा व्यापक आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्