नेपाल । भारतमा जारी आईपीएलमा बिहीबारको खेलमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि एक रनको जीत निकालेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो ।
जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ ।
आईपीएलमा आज मुम्बई इंडियन्स र कोलकता नाईट राइडर्स भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्