१२ आश्विन २०८१, शनिबार

नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई निर्वाचित

कोलोराडोखबर संवाददाता , May 2nd, 2024

अमेरिका । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई निर्वाचित भएका छन् । शाखाको बुधवार सम्पन्न पाँचौ महाधिवेशनबाट राई सर्वसम्म अध्यक्ष छानिएका हुन् ।

शाखाको उपाध्यक्षमा राज कुमार थापा, द्रोण रिजाल, दिल निसानी मगर, प्रेम पमु र बासु सत्याल चयन भए । यस्तै, महासचिवमा शेर बहादुर परियार, उपमहासचिवमा कलस खरेल, भरत प्रधान र अमिस तमाङ, सचिवमा रमेशराज बास्तोला, दिनेश गौतम सर्वसम्मत भए । कोषाध्यक्षमा इन्दिरा चाम्लिङ सहित २५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत भएको छ ।

शाखाको सदस्यहरुमा सदस्यहरुमा भोला लामिछाने(स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड),दिपक भण्डारी (पोर्चुगल),बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल),जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी), माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्