९ मंसिर २०८१, आईतवार

नेपालमा डिजेल र मट्टितेलको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , May 1st, 2024

नेपाल । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले मंगलबार विज्ञप्ति जारी गरेर जनाएको छ ।

हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्