९ मंसिर २०८१, आईतवार

खानेपानी र सिंचाइतर्फका २० सब-इन्जिनियरको पदस्थापन

कोलोराडोखबर संवाददाता , April 30th, 2024

नेपाल (हेटौंडा) । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालय मातहतका कार्यालयहरुमा २० जना सब(इन्जिनियरको पदस्थापन भएको छ ।

बागमती प्रदेश लोकसेवा आयोगबाट पास भइ आएका २० जना सहायक स्तर पाँचौ तहका सब(इन्जिनियरलाई आइतबार मन्त्रालय मातहतका खानेपानी डिभिजन कार्यालय र सिंचाइ कार्यालयहरुमा पदस्थापन गरिएको हो ।

नवनियुक्त सब(इन्जिनियरलाई मन्त्री एका लाल श्रेष्ठले जनताले महशुस गर्नेगरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

देशमै केहि गरौं भन्ने सोचका साथ र आफ्नै रोजाईको पेशाको रुपमा जनताको सेवा गर्ने क्षेत्रमा प्रवेश गर्नुभएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले तपाईहरुले कार्यक्षेत्रमा गर्ने कामको मुल्यांकन जनता स्वयम्ले गर्ने समेत बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो–‘तपाईं र म जनताको सेवा गर्नैको लागि भनेर यो क्षेत्रमा लागेका छौँ । जनताले कसरी स्वच्छ पानी खान पाउछन, जनतालाई छिटोभन्दा छिटो सेवा प्रदान कसरी गर्न सकिन्छ भन्नेतर्फ सचेत भएर काम गर्नुहोला । कामको आधारमा जनताले पुरस्कृत र दण्डित आफै गर्छन् ।’ उहाँले भन्नुभयो तपाईको कामलाई जनताले पुरस्कृत गरुन् । यस्तै मन्त्री श्रेष्ठले दरबन्दी अनुसारको कर्मचारी अझै अभाव रहेको बताउदै अहिलेको पदस्थापनले केही राहत मिलेको बताउनुभयो । पदस्थापित सबै सब(इन्जिनियरलाई जिल्ला प्रमुख र डिभिजन प्रमुखले आवस्यकताको आधारमा खटाएको क्षेत्रमा गै इमानदारीपूर्वक परिणाम देखिनेगरी काम गर्न निर्देशन समेत दिनुभयो ।

मन्त्रालयका सचीव इन्द्रदेव भट्टले नवनियुक्त सब(इन्जिनियरलाई सपथ ग्रहण र नियुक्ति पत्र प्रदान गर्नुभएको थियो । यस्तै नवौं तहमा सरुवा भइ मन्त्रालय आउनुभएका प्रशासनतर्फ रामप्रसाद भुषाललाई समेत मन्त्रालयले स्वागत गरेको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख रविन श्रेष्ठ, जलस्रोत तथा सिंचाइ महाशाखा प्रमुख मेघराज अवस्थि, लेखा प्रमुख गोबिन्द अधिकारी, प्रशासन अधिकृत तीर्थ घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्