७ बैशाख २०८२, आईतवार

पहिलो खेल ४ विकेटले जितेको नेपाल दोस्रो खेलमा वेष्ट इन्डिजसँग १० रनले पराजित

कोलोराडोखबर संवाददाता , April 29th, 2024

नेपाल । टी २० को पहिले खेलमा जति निकालेको नेपाल दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजीत भएको छ ।

आइतबार वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

नेपालले शनिबार भएको खेलमा वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । योसँगै नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्