९ मंसिर २०८१, आईतवार

नेपालमा तेस्रो लगानी सम्मेलन जारी

कोलोराडोखबर संवाददाता , April 29th, 2024

नेपाल । नेपालमा आइतबारदेखि तेस्रो लगानी सम्मेलन शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोल्टी होटलमा आयोजित औपचारिक समारोहको उद्घाटन गरेका थिए ।

सम्मेलनमा पहिलो दिन २ हजार १ सय ६३ जना सहभागी भएको लगानी बोर्डले जनाएको छ । नेपालबाट ६८०, चीनबाट २४० र भारतबाट १८६ जना सहभागी भएका छन् । सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । लगानी बोर्डका अनुसार २ दिनको सम्मेलनमा ६० भन्दा बढी देशका १६ सय लगानीकर्ताले भाग लिने छन् ।

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् । १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

बोर्डले २ हजार ४०० भन्दा धेरैलाई नेपालको लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएको थियो । सम्मेलनमा विभिन्न ६० देशबाट लगानीकर्ता सहभागी छन् ।

लगानी बढाउन सरकारले ९ वटा ऐन अध्यादेशमार्फत् संशोधन गरिसकेको छ । सम्मेलन उद्घाटनका अवसरमा वक्ताहरुले देशविदेशका लगानीकर्ताहरुलाई लगानीका लागि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्