१९ पुष २०८१, शुक्रबार

नेकपा एसका अध्यक्ष नेपालको सरकारको कामप्रति असन्तुष्टी

कोलोराडोखबर संवाददाता , April 26th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम प्रति असन्तुष्टी व्यक्त गरेका छन् । उनले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताए ।

बिहीबार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष नेपालले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको आरोप लगाए ।

नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्