२ माघ २०८१, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ

कोलोराडोखबर संवाददाता , April 22nd, 2024

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ हुनुभएको हो । उहाँको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहनुभएको छ ।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहनुभएको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्