नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाम पुगेका छन् ।
शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे ।
इलाममा यही बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनाव अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।
उनले इलाम क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका डम्बर खड्कालाई जिताउन आग्रह गरे । इलाममा काँग्रेसको चुनावी महौल धेरै राम्रो रहेको र जीत काँग्रेसकै हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्