नेपाल । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि गोदावरीमा शुरु भएको छ । बैठक सोमबारसम्म चल्ने छ ।
उक्त अवसरमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै गएको निर्वाचनमा कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरेका छन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरिएको छ ।
बैठकमा अध्यक्ष ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम पार्टीको अवस्थाबारे जानकारी गराए भने महासचिव पोखरेलले पार्टी संगठनको अवस्थाबारे जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्