नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आइपीएल) मा शनिबारको खेलमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले हराएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ९९ रन मात्र जोड्यो ।
आईपीएलमा आज २ खेल हुँदैछन् । दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लौर तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्