नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको छ ।
गत बुधबार साँझ उनीहरुबीच भेटघाट भएको छ । सत्ता गठबन्धनप्रति असन्तुष्ट नेपाल र देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बैकल्पिक सत्ता गठबन्धन बनाउने कसरतका रुपमा यो भेटलाई हेरिएको छ ।
यसैक्रममा नेपालको व्यवहारबाट सशंकित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले पनि बिहीबार भेट गरेका खबरहरु सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्