कोलोराडो । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ अमेरिका स्थित कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना भएको छ ।
कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो ।
सोही क्रममा नेपाली सांस्कृतिक केन्द्र भवनमा नोभेम्वर १० तारिक शुक्रबार सांझ ६ बजे देखी १० बजेसम्म देउसी भैलो खेलिएको थियो ।
देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन बासु खनालको संयोजनमा मूल समिति, बिभिन्न बिषयगत उप समितिहरु समेत गठन गरिएको थियो ।
उक्त देउसी भैलो कार्यक्रमबाट १५ हजार ४ सय ५३ डलर संकलन गरिएको नेपाली घरका महासचिव भोला कटुवालले बताउनु भयो । उक्त रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ ।
कोलोराडो सामुदायिक केन्द्र (नेपाली घर) को सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा सफल बनाउनु हुने सबैमा संयोजक बासु खनालले हार्दिक आभार ब्यक्त गर्न भयो । ‘दिपावलीको शुभकामना । दानी मनहरुलाई संधै मन फुकाएर दान गर्न पुगोस् । स्वस्थ राम्रो होस् , लक्ष्मी माताले संधै हजुरहरुको घरमा वास गरु ।’, उहाँले भन्नुभयो ।
कोलोराडोका स्थापित व्यवसायी बसन्त लम्साल, प्रकाश सिटौला, नारायण अधिकारी, विवेक दाहाल, सन्देश पराजुली, उमा सिटौला, विकास÷शारदा त्रिपाठी, नन्दलाल न्यौपाने र हरि कुँवरसहितका दाताहरुलाई संयोजक खनालले धन्यबाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै साथसहयोगको अपेक्षा गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्