नेपाल । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को आइतबारको खेलमा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ।
२ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो ।
आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हरायो ।
प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जर्स बैंग्लौर र सनराइजर्स हैदरबादबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्