नेपाल । शनिवारदेखि नेपाली नयाँ वर्ष २०८१ शुरु भएको छ । हरेक वर्ष वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।
विक्रम संवतको पात्रोअनुसार आजबाट नयाँ वर्ष सुरु भएको हो । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्ष एक आपसमा सद्भाव तथा खुशियाली आदानप्रदान गर्दै मनाईन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्