नेपाल । डोल्पामा दुःखद् घटना भएको छ । आगो निभाउने क्रममा ३ जना सैनिकको मृत्यु भएको हो ।
दुनैको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टामा लागेको डढेलो नियन्त्रणको क्रममा घाइते भएका तीन जना सैनिकको मृत्यू भएको हो ।
डोल्पाको भवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका जुम्लाको तातोपानी गाउँपालिका–४ स्थायी घर भई देवीदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावत सोमबार ज्यान गएको थियो ।
त्यस्तै काभ्रेका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढाको मंगलबार कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्