नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शनिबार सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजीत गरेको छ। राजस्थानले ६ विकेटको जित हात पारेको हो ।
रोयल च्यालेन्जर्स बेंग्लोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टाएको हो ।
हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंग्लोरले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोडेको थियो ।
जितपछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको रोयल च्यालेन्जर्स बेंग्लोर आठौं स्थानमा छ ।
आईपिएलमा आइतबार दुई खेल हुँदै छन् । पौने ३ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका पौने ८ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने–सामने हुने छन् ।
प्रतिक्रिया दिनुहोस्