१२ पुष २०८१, शुक्रबार

नेपाली काँग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने

कोलोराडोखबर संवाददाता , April 5th, 2024

नेपाल । आसन्न उपनिर्वाचनका लागि नेपाली काँग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

डम्बर खड्का २०७९ को मङ्सिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए । नेम्वाङको असामयिक निधन पछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उक्त निर्वाचनका लागि नेकपा एमालेले सुवासका छोरा सुहाङ नेम्वाङ र रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाउने भएको छ । एमाले उम्मेदवारलाई माओवादीले सघाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्