१९ पुष २०८१, शुक्रबार

मगर संघ कोलोराडो च्याप्टरद्वारा आयोजित भलिवल प्रतियोगितमा गोर्खाली टिम बिजयी

कोलोराडोखबर संवाददाता , April 3rd, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । २१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टर द्वारा आयोजित “1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०”  भब्यताका साथ सम्पन्न भएको छ ।

कोलोराडोको डेन्भर स्थित प्राइम भलिवल एकाडेमीमा मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको हो ।

नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक टिम सहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव “नेपालि मन” लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो ।

 “ग्रुप A” र “ग्रुप B” बिभाजन गरि लिग चरणमा खेलाईएको खेल “ग्रुप A” बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप Runner UP, “ग्रुप B” बाट गोर्खाली ग्रुप बिजेता र TPLA ग्रुप Runner UP हुदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

दुवै टीमले सेमिफाइनलमा आफ्नो प्रतिद्वन्दी टिमलाई सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो ।  यस प्रतियोगिताको बेस्ट प्लेयर गोर्खालीका ओम प्रकाश मल्लले पाए भने बेस्ट सेटर नेपाली मनका गौ प्रसाद गुरुङले पाउन सफल भए ।

 मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष श्रीकृष्ण थापा मगरको अध्यक्षतामा खेल उद्घाटन तथा समापन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्