नेपाल । भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) को शनिबार राति सम्पन्न खेलमा लखनऊ सुपर जाएन्ट्सले पञ्जाब किंगलाई २१ रनले पराजित गरेको छ।
२०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
लखनऊको यो दोस्रो खेलमा पहिलो जित हो । पञ्जाब भने ३ खेलमा १ जित निकाल्न सफल रहेको छ ।
आइपीएलमा आज दुई खेल हुँदै छन् । पौने ४ बजे बजे हुने खेलमा गुजरात टाईटन्स र सनराईजर्स हैदराबाद भिड्ने छन् भने साँझ पौने आठमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स आमने सामने हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्