१२ आश्विन २०८१, शनिबार

एनआरएनएद्वारा आगलागी प्रभावितहरुलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता

कोलोराडोखबर संवाददाता , March 31st, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको बर्जु वडा नं ४ मा भएको आगलागी प्रभावितका अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको टोलीले आगलागी प्रभावित क्षेत्रको अवलोकन गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँगै संघको टोली अवलोकनका लागि त्यहाँ पुगेको हो । सो क्रममा आगलागी प्रभावितहरुलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

सुख्खायाम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा आगलागीजन्य घटना बढ्दै गएपछि गैरआवासीय नेपाली संघले परोपकार तथा मानवीय सहायता विभागमार्फत यस्ता विपद्जन्य घटनामा सहयोग गर्दै आएको छ ।

सो क्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव एवं विदेशमा नेपाली सामान प्रवर्द्धन कमिटीकी संयोजक राधिका गुरुङ(टीका) र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्