२ माघ २०८१, बुधबार

मुटुमा समस्या देखिएपछि जेलमा रहेका एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना

कोलोराडोखबर संवाददाता , March 29th, 2024

नेपाल । नक्कली भुटानी शरणार्थी काण्डमा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा गम्भीर समस्या आएको छ ।

नेकपा एमालेका तत्कालीन सचिव रायमाझीलाई बिहीबार साँझ अस्पताल भर्ना गरिएको छ । रायमाझीलाई त्रिबि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

उनको स्वास्थ्यमा निकै समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । उनको मुटुमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्