नेपाल । नेकपा (एकीकृत समाजवादी) ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।
प्रतिनिधिसभाअन्तर्गत इलाम–२ को उपनिर्वाचनमा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीको १०औं महाधिवेशन दस्तावेज मस्यौदा समितिको जारी बैठकले उक्त निर्णय गरेको हो। पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार जीतबहादुर एकीकृत समाजवादी इलामका सचिवालय सदस्य हुनुहुन्छ ।
उहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाँउपालिका अध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्