नेपाल । बिहीबार नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा नेसरकारी वकिलको कार्यालयले बयान लिएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका सांसद चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकारी र सरकारी वकिलले बयान लिएका हुन् ।
आफैँ सरकारी वकिलको कार्यालयमा पुगेका चौधरीले नियम अनुसार लिलामीमार्फत जग्गा लिएको बताएका छन् ।
बुधबार दिउँसो सीआईबीले सभामुखलाई पत्राचार गर्दै विनोद चौधरीमाथि अनुसन्धान भैरहेको जानकारी दिएको थियो । उक्त जानकारीसँगै सीआईबीले उनलाई पक्राउ गर्ने आशंका गरिएको थियो । यसअघि सोही प्रकरणमा उनका भाई अरुणलाई पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्