नेपाल । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिन समिति गठन नगरिए संसद अवरोध जारी रहने नेपाली काँग्रेसले बताएको छ ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेबारे छानबीन समिति गठन गर्नु आवश्यक नरहेको अडान लिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका हुन् ।
बैठकमा उनले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरूको चित्त नबुझेको बताए ।
सरकारले कांग्रेसको मागलाई गम्भीरतापूर्वक नलिएमा सरकार आफैँले संसद अवरोध गरेको मानिने बताए ।
प्रतिक्रिया दिनुहोस्