९ मंसिर २०८१, आईतवार

महिला कर्मचारीलाई दुर्व्यवहार गर्दै हिड्ने राष्ट्र बैंकका निर्देशक आचार्य जागिरबाट निकालिए

कोलोराडोखबर संवाददाता , March 19th, 2024

नेपाल । आफ्नै कार्यालयकै हाकिमलाई दुव्र्यवहार गर्ने नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त गरिएको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले मंगलबारबाट आचार्यलाई बर्खास्त गरेको हो ।

उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्रमा उल्लेख छ । गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा आचार्यले डेपुटी गभर्नर डा. निलम ढुंगानालाई दुर्व्यवहार गरेका थिए ।

उनको चरित्र ठीक नभएको र पटक पटक यस्तै खालका दुर्व्यवहारका घटना घटाउने कार्यमा संलग्न हुँदै आएको र आचरण ठीक नभएकाले उनलाई सेवाबाटै निकालिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्