९ मंसिर २०८१, आईतवार

१० बैंकरलाई सिआईबीले हाजिरी जमानीमा छोड्यो

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १० जना बैंकरलाई बिहीबार हाजिरी जमानीमा छाडेको छ ।

हिरासतमुक्त हुनेमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत छन् ।

सीआईबीले फागुन १५ गते उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानमा सहयोग गर्ने र दैनिक हाजिरी हुने गरी उनीहरुलाई छाडिएको हो । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोप उनीहरुमाथि छ ।

प्रतिक्रिया दिनुहोस्