१२ आश्विन २०८१, शनिबार

रुस-युक्रेन युद्धमा २० जना नेपालीको मृत्यु भएको पुष्टी

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा २० जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेपछि मृत्यु हुनेको संख्या २० पुगेको हो ।

परराष्ट्रका अनुसार मृत्यु हुने थप ७ नेपालीहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान हुन् ।

 

प्रतिक्रिया दिनुहोस्