१२ आश्विन २०८१, शनिबार

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कोलोराडोखबर संवाददाता , March 14th, 2024

कुबेत । कुवेतमा दुःखद घटना भएको छ । मंगलबार बिहान सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हो ।

कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँएको थियो ।

दुर्घटनामा परी लयती पन्चदेवल विनायक-५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार –३ धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

नेपाली दुतावासले आवश्यक प्रक्रियाअगाडि बढाई परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तयारी गरेको जनाएको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्