नेपाल । बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलवार गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।
६ जना नयाँ खेलाडी समेट्दै फुटबल टोलीको घोषणा गरेको हो । भरत खवासले टोलीमा पुनरागमन गरेका छन् । अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् ।
एन्फाका अनुसार यही टोलीले मलेशियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ । नेपालले चैत २ गते मलेशियासँग मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
उक्त खेलका लागि नेपाली टोली भोलि नै मलेशिया प्रस्थान गर्दै छ। मलेशियासँगको खेललगत्तै नेपालले फिफा विश्वकप र एएफसी एशियन छनोट खेल्नेछ।
विश्वकप छनोटअन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई ओटा खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्