२ माघ २०८१, बुधबार

शुक्रबार महाशिवरात्रि पर्व मनाईँदै

कोलोराडोखबर संवाददाता , March 8th, 2024

नेपाल । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शुक्रबार मनाइँदै छ । नेपाल, भारतसहित विश्वभर वसोबास गर्ने हिन्दुहरुले यो पर्व मनाउने गर्दछन् ।

यो पर्व हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने पर्व हो । महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन् । यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ । भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्