नेपाल । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारबाट ‘किक’ हानेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ ।
बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुने बताइएको छ ।
हिजै बिहानका लागि बोलाइएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको प्रतिक्रिया जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्